३१ भदौ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य घटाएको छ। निगमले पेट्रोल, ज्ञास र हवाई ईन्धनमा यथावत मूल्य राख्दै घटाएको मूल्य आज राती १२ बजेदेखी लागू हुने जनाएको छ ।
भारतीय आयल निगमबाट मूल्य घटाएपछि निगमले पनि मूल्य समायोजन गर्दै घटाएको हो । घटाएको मूल्य प्रति लिटर ९० ९० रुपैयाँ भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले पुष्टी गरेका छन् ।





