राजनीति

डा कोईरालाले भिडियो सन्देशमा भने, ‘म केहिदिनमा निको भई डिस्चार्ज हुन्छु, चिन्ता लिनुपर्दैन’

१ असोज, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले समर्थकहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । उनले भिडियो सन्देशबाट आफू कोरोना संक्रमणका कारण ओम अस्पतालको आईसोलेशनमा रहेको र निको हुनका लागि आफूलाई केहीदिन लाग्नसक्ने बताएका छन् ।

उनलाई भेट्ना सयौं नेता, कार्यकर्ता तथा शुभचिन्तक आईसोलेशनमा बसेको ओम अस्पतालमा रहेको स्थानको गेट बाहिर छन् । कोरोना संक्रमण २३ भदौमा भएका डा कोईराला कोरोना मुक्त नभई कसैले भेट्न मिल्दैन । डा कोईरालालाई ज्वरो बढेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया भएको समेत बताईन्छ ।