आर्थिक

connectIPS थप बैंकका खाता अन्लाईन भेरीफाईगर्न सकिने

१ असोज, काठमाडौं । connectIPS मा बैंक खाता link गरी अन्लाईनबाट Self-ferify गर्ने सुविधा थप बैंक वित्तिय संस्थाहरुमा उपलब्ध भएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको छ ।

यस अन्लाईन सुविधा सँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले connectIPS मा link गरिएको खाता Verify गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अन्लाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् । बैंकका ग्राहकले connectIPS मा Link Account”भित्र आफ्नो खाता link गरिसकेपछि “Manage Account”भित्र“Self VerifyAccount”माक्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, OTP  (OneTime Password) र Micro Depositsको आधारमा सुरक्षित रुपमाअन्लाईन verificationहुने व्यवस्था रहेको छ ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न connectIPS को वेभसाइट (www.connectips.com), यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS विभिन्न क्रेडिटरहरुको वेभसाइटमा Payment gateway को रुपमाजोडिएको connectIPS लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् । connectIPS मा हाल ५४ बैंक वित्तिय संस्थाहरु सदस्य रहेका छन् ।