३ असोज, काठमाडौं । काँग्रेस महामन्त्री डा शसाँक कोईरालाले कोरोना जितेर फर्किएका छन् । काठमाडौंको ओम अस्पतालमा कोरोना संक्रमणका कारण केहीदिनदेखी आईसोलेशनमा बसेका डा कोईराला निको भएर फर्किएको उनका सहयोगी भरत तिवारीले पुष्टी गरेका छन् । भदौ २३ गतेदेखी कोरोना लागेका डा कोईराला मंगलबार राती ज्वरो बढेपछि एकाएक अस्पताल भर्ना भएक थिए ।
उनले डिस्चार्जपछि भनेका छन्ः
मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा।विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।
मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।
जय नेपाल ।।।





