आर्थिक

कुमारी बैंकका ग्राहकलाई होटेल ल्याण्डमाकर्मा आकर्षक छुट

१८ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्ककाबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट प्रावधान सम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३०प्रतिशत, विशेष प्याकेजहरुमा ५प्रतिशत, खानपानमा १५प्रतिशत सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत प्राप्तगर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नवीनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरे । सो सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूहअन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोहीहोटेल बसाई, खानपानआदिमा बैंकका ग्राहकवर्गलाई सहजता पुग्नेमा बैंक विश्वस्त छ ।
विगत २० वर्षदेखि निरन्तर सेवादिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आगामी दिनहरुमा पनि ग्राहकको सन्तुष्टि सहित अत्याधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवा सुविधाहरु दिदै जाने प्रतिबद्धता जनाएको छ ।