प्रदेश 1

प्लाज्मा बैंकलाई अभियानको ११ लाख सहयोग

१९ असोज, झापा । नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो ।

पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरोना सङ्क्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको प्लाज्मा बैंक सञ्चालनमा अभियानले सो रकम सहयोग गरेको हो । आजदेखि रेडक्रसको विर्तामोड कार्यालयमा सञ्चालनमा आएको बैंकमा तीन जनाले प्लाज्मा दान गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।