२० असोज, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानालाई कोरोना संक्रमण पुष्टी भएको छ । विपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा स्वाव परीक्षणका लागि दिईएका ढुंगानाको रिपोर्ट पोजेटिभ आएको अध्यक्ष ढुंगानाले स्पष्ट गरेका छन् । देशभर नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारको गलत कृयाकलाव बिरुद्ध बिद्यार्थी संगठनको नेतृत्वकर्ताको हैशियतले कार्यकर्ता भेटघाट तथा बिरोध प्रदर्शनमा सकृय रहेका ढुंगाननाले आफू आईसोलेसनमा रहेको बताएका छन् । साथै अध्यक्ष ढुंगानाले आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रहसमेत गरेका छन् । सुनसरीको ईटहरीका ढुंगाना प्रदेश नम्बर १ का बिभिन्न कार्यक्रमहरुमा सकृय हुँदै गरेको अवस्थामा कोरोना संक्रमण देखिएको छ ।





