२० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।
२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङकरिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७गते सञ्चालकको रूपमानबिल बैंकमा प्रवेश गरेका छन् ।
अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मान योग्य छ । उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उनी सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।
यसैगरी, अग्रवालकरिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि, उनी सन् २०१६ सम्मनिरन्तर सञ्चालकमा नियुक्त हुँदै आएको थियो । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनकोपनि महत्वपूर्ण भूमिका छ ।
आफ्नो कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल भएकामा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंक आभार बैंकले आभार ब्यक्त गरेको छ । अध्यक्षको पदावधि सकिए सगै बैंकले नयाँ अध्यक्षमा बैंकर उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकम ाप्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधिसमेत छन् ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालकाकामगर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनी बैंकिङ करिअर सुरु गरेका थिए । पौडेलले त्यहँँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएमबीफाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७वर्ष अनवरत सेवा गरे ।
१४वर्ष ग्रिनल्यान्ड बैंक, १७वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन्। होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्नपदमा रहेर करिब १४ वर्ष काम गरेको उनकोको अनुभव छ ।
समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष भए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । नबिल बैंकले उनको नेतृत्वमा नयाँउचाई प्राप्तगर्ने अपेक्षा राखेको छ ।





