१२ साउन, काठमाडौं । मुग्लिन– नारायणगढ खण्डअन्तर्गत मुग्लिन नजिकै पर्ने खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान गएको पहिरोका कारण सडक बन्द हुँदा सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। सम्बन्धित निकायका अनुसार घटनास्थलमा आवश्यक मेशिन र जनशक्ति परिचालन गरिसकिएको छ।
पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेकाले अबको करिब १ मुग्लिन-नारायणगढ सडकमा सुक्खा पहिरो खस्या, यातायात अवरुद्ध ३० मिनेटभित्र सडक पूर्ण रूपमा सफा गरी सवारी आवागमन सुचारु हुने जानकारी गराइएको छ। यात्रामा रहेका सर्वसाधारणलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र अघि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।





