२२ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबई स्थित AL Fardan Exchange को संयुक्त सहकार्यमायसपालीको दशै तिहारलाई लक्षितगर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक गरिएको छ ।
सो योजनाअन्तर्गत दुबईको AL Fardan Exchange बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथानगदउपहार जित्न सकिनेछ । यस योजनामाबिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेकहप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण देखी ६ लाखनगद सम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजनानोभेम्बर १४ सम्मचल्ने छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखिसंसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।





