आर्थिक

माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईटबीच सम्झौता

२२ असोज, काठमाडौँ । माछापुच्छ्रे बैंक र होटल अकामातथाहोटल मुनलाईट काठमाडौँबीचछुट्टै–छुट्टै मितिमाबैंकका ग्राहकहरुलाई छुट प्रदानगर्ने सम्बन्धीसम्झौता भएको छ ।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंककाग्राहकहरूले२ वटै तारे होटलकोखाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंककाग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथाक्युआर कोड प्रयोग गरी बिलभुक्तानीगर्दाप्राप्तगर्न सक्नेछन्।नगदकारोबारबाट हुने जोखिमकमगर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहकहरुलाई सहुलियतप्रदानगर्नको लागि बैंकले बिभिन्न संघसंस्थातथाव्यापारिक प्रतिष्ठान संग सम्झौतागर्दै आएको छ ।

स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधाग्राहकमाझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा १हजार भन्दा बढी पिओएस (POS Machine) मार्फत बाट ग्राहकमहानुभावहरुलाई अत्याधुनिकप्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।