प्रदेश 2

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गर्यो नि:शुल्क आँखा शिविर

२२ असोज, वीरगंज । विश्व दृश्य दिवसको अवसरमा आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आँखा शिविरको आयोजना गरेको छ । हरेक नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा सजिलो पहुच होस भन्ने अद्देश्यले विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आँखा शिविरको आयोजना गरेको हो ।
बहुदरामाई नगरपालिका वडा नं ३ नकरदाहा महाविर साह मा वि को प्रागँनमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
मानव शरिरमा आखां बहुमुल्य .भाग रहेको र यसले मानव जीवनमा बेग्लै महत्व राखेको छ । आखाँलाई डाक्टरको परामर्सले सावधानी गरी हेरचाह गर्नु पर्नेमा अजय चौरसियाको भनाई रहेको थियो ।
स्व गिरिजा प्रसाद कोईरालाले सवास्थ्य क्षेत्रमा देखेको सपना हामी फाउण्डेशनले सकार गर्ने छौं र कुनै पनि नेपाली नागरिकहरु आधारभूत आवश्यकताहरूबाट वञ्चित नहोस भन्ने चाहनाले हामी अघि बढेको फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।
आखा शिविर र्कायक्रममा २२५ जना ले चेक जांच गराई सेवा लिएको मातृृका आई फाउण्डेशनका चिकित्सक डा महेश सिह धामिले जानकारी दिए । जसमध्ये १३७ जना महिला र ८८ पुरुष रहेका छन् । चेकजाँचका क्रममा १२६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा धामिले बताए ।
मोतिबिन्दुको समस्या देखिएका आँखा रोगीहरुलाइ माट्रिका आई फाउण्डेशनले गिरिजा फाउण्डेशन पर्साको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने गिरिजा फाउण्डेशनका पर्साका सचिव धिरज गुप्ताले बताए ।
निःशुल्क आखा शिविर कार्यक्रममा बिशिष्ट अतिथि प्रदेस सांसद राजेश्वर साह तेली, बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव रामनारायण प्रसाद कुर्मी, अतिथि राज देव यादव, वडा अध्यक्षद्धय जितेन्द्र पटेल, दिनेश यादव, पप्पु सिहं, वहाब अंसारी, तरुण दलका सदस्य इमाम हुसैन, ने.वि संघका जिल्ला सह सचिव दिपेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले राखेका थिए ।