राजनीति

स्वाभिमान र बौद्धिकताले टिकेका काङ्ग्रेस नेता दुई सिंह

तेजप्रसाद लामिछाने/ बिद्यार्थी कालदेखि राजनीतिमा होमिएका नेता सिंह २०३६ सालको जनमतसंग्रह ताका तरुण युवा र बिद्यार्थी संघको नेतृत्व गर्दै आन्दोलनमा होम्मिएका थिए । काठमाडौ जिल्ला सभापति हुँदै पोखरामा भएको १०औ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि केन्द्रको राजनितिमा आए ।  प्रकाशमान सिंह 
१२औ महाधिवेशनबाट बिधानतय नेपाली काङ्ग्रेसको पहिलो निर्वाचित महामन्त्री बन्ने अवसर पाए । आफ्नो महामन्त्रीको कार्यकालमा २०७० को आम निर्वाचनमा नेपाली काङ्ग्रेसलाई संसदमा ठुलो दलको हैसियतमा पुर्याए ।

-तेज प्रसाद लामिछाने

दलको नेता छनोट गर्न केन्द्रिय समितिले निर्धारण गरेको मितिलाई निर्वाचनको नजिकै आएर मिति सार्न देउवाले सभापति सुशील कोईरालालाई प्रेसर दिए ।
तत्कालीन महामन्त्री नेता सिंहको नैतिक अडानले देउवा निर्वाचन मिति सार्न असफल भए । निर्वाचन मिति लम्ब्याएर सांसदहरु बिच चलखेल गरेर दलको नेता हुन नपाएका शेर बहादुर देउवा नेता सिंहसंग राम्रैसंग रिसाएका थिए त्यति बेला । राजनीतिक स्वाभिमानको अडान र निडर स्वभावका नेता सिंह अधिनायकवाद उन्मुख काङ्ग्रेस नेतृत्वको मनपरि तन्त्रलाई रोक्न इतरपक्षको नेतृत्व गर्न लायक नेता पनि हुन प्रकाशमान सिंह ।
१२औ महाधिबेशनमा निर्वाचित पदाधिकारीहरुमा सबैभन्दा बढी १६५६ मत ल्याएर शुशील –१६५२, देउवा १३१७, निधि १२५६ नेता सिंह महामन्त्रीमा निर्वाचित भएका थिए । उनको लोकप्रिय मत परिणाम देखेर काठमाडौको सिमित राजनीतिमा रमाएका भनेर नेता सिंहलाई आरोप लाउनेहरुको मुख बन्द भएको थियो ।
सक्षम राजनितीज्ञ भन्दा पनि अध्यात्मिक स्वभावका सुशील कोईरालालाई पार्टी संगठन र सरकार सञ्चालनमा भरपुर सहयोग गरेर कोईराला नेतृत्व पार्टी संगठन र सरकारलाई सफल बनाउन नेता सिंहको प्रमुख हात रहेको कुरा राजनीतिक बृतमा अहिले पनि व्यापक चर्चा हुने गर्छ ।
नेता सिंहको सिफारिसमा काठमाडौको मेयर उम्मेदवारमा बाह्म्ण, जिल्ला सभापति र संघीय सांसदमा खस आर्य , सरकारमा रहदा वा बाहिर रहदा सहयोगी र स्वकीय सचिवहरुमा खस आर्यको बाहुल्यता छ । यहाँ सम्म कि उनी निर्वाचित काठमाडौ क्षेत्र न १ मा ६० प्रतिशत भन्दा बढी खसआर्यकै बाहुल्यता छ । यति हुँदा पनि उनको लोकप्रियताबाट डराएकाहरु नेता सिंहलाई जातिय राजनितिको आरोप लगाउनेहरुको कमि छैन ।
१३औ महाधिवेशनमा केन्द्रिय सदस्य (खुल्ला) को उत्कृष्ट ३ मत परिमाण हेर्ने भने १– डा. शेखर कोईराला १८४८मत, २. खुमबहादुर खड्का – १८४६ मत, ३. प्रकाशमान सिंह – १७९५ मत ल्याएर आफ्नो लोकप्रियता कायम गरेका थिए ।
काङ्ग्रेस केन्द्रिय समितिको बैठकले ४.३ अरब भ्रष्टाचार भएको वाईड बोडि काण्डलाई जहाज काण्डमा परिभाषित गरेर निस्तेज गर्न खोज्यो । काङ्ग्रेसका पदाधिकारी सचिवालय र संसदीय सचिवालयबाट कोहि बोल्न सकेनन् । नेता प्रकाशमान सिंहले काठमाडौको बिशाल आमसभामा वाईड बोडि अङ्कित ठूलो बेलुन उडाएर भ्रष्टाचार विरुद्ध नेकपा सरकारलाई चुनौती दिएका थिए ।
नेता प्रकाशमान सिंहको पार्टी राजनैतिक हैसियत यहाँ सम्म आईपुग्दा स्वाभिमान, निष्ठा र राजनैतिक संस्कार बाहेक पिता सर्वमान्य नेता गणेशमान सिंहको नामबाट अरु केही लिएका छैनन् । पार्टीमा पाएको जिम्मेवारी र पार्टी नेतृत्वको हरेक अवसर काङ्ग्रेसी कार्यकर्ताहरुको जनमतबाट पाएका हुन् । यस कारण पनि नेता सिंह पार्टी कार्यकर्ता प्रति सधै उत्तरदायी रहने गर्छन् । कार्यकर्ताहरुको हरेक दुःख सुखमा साथ दिन रुचाउने नेता प्रकाशमान सिंहको यो बानी चाहिँ उनले आफ्नो पिता गणेशमान सिंहबाट सिकेको हुनुपर्छ ।

अर्जुननरसिंह केसी
नेबिसंघ गठन पुर्व पहिलो तयारी समितिको संयोजक रहेका नेता अर्जुननरसिंह केसीको समितिमा शेर बहादुर देउवा र रामचन्द्र पौडेल सदस्य थिए । पार्टी प्रति निष्ठावान ,आम कार्यकर्ता माझ लोकप्रियता कमाएका नेता केसीलाई बिपि कोईरालाको असल अनुयायी पनि भन्ने गरिन्छ ।
पुराना काङ्ग्रेस नेता देखि अहिलेका आम युवा पुस्ताहरुमा नेता केसी प्रतिको आकर्षण अहिले पनि कम छैन् ।
१२औ महाधिवेशनमा सुशील कोईरालाको नेतृत्वलाई खुलेर सहयोग गरेका नेता केसीलाई पार्टी महामन्त्रीमा मनोनीत गर्ने ब्यापक चर्चा थियो । खै किन हो तत्कालीन सभापति कोईरालाले सुटुक्क पछाडिको ढोकाबाट कृष्ण सिटौलालाई महामन्त्रीमा नियुक्ति गरेपछि कोईराला र सिटौला व्यापक आलोचित भएका थिए ।
सुदृढ लोकतान्त्रिक ब्यवस्थामा कार्यकालिका, न्यायपालिका र ब्यवस्थापिकाको भुमिका माथी स्पष्ट धारणा राख्न सक्ने उनी जस्तो प्रष्ट बक्ता, बौद्धिक र दुरदृष्टि भएका नेता काङ्ग्रेसमा कमै छन् ।
पार्टी भित्र भागबण्डाको रणनीतिलाई अल्पसंस्कृति भन्न रुचाउनु हुने नेता अर्जुननरसिंह केसी यस्तो गलत संस्कारको उनी सधै बिरोधी हुन् ।
पार्टी एकीकरण देखि यहाँ सम्म निरन्तर भागबन्डाको राजनितीमा सहभागी नहुने र जहिले पनि विरुद्धमा रहे । भागबन्डालाई निरंतरता दिदा पार्टी भित्र लोकतान्त्रिक पद्धतिको बिकास हराउदै गएर कुनै दिन नेतृत्वमा अधिनायकवाद सोच आउनेछ । भागबन्डाको कारण अहिलेको पार्टी संगठन लथालिङ्ग देखेर नेता केसिलाई बल्ल दुरदृष्टी नेताको रुपमा स्वीकार गर्न तयार छन् ।
बिपि, गणेशमान र गिरिजा बाबू निकट भएर राजनिती गर्दै आएका नेता केसी १३औ महाधिबेशनको लागी पौडेल टिमको महामन्त्री उम्मेदवारमा पक्का थिए ।
अचानक बिपि पुत्र डा शशांक कोईराला महामन्त्री उम्मेदवारमा छिरेपछि उनी बाहिरिनुको बिकल्प रहेन ।
नेता केसीको लोकप्रिय मतको फाईदा लिन देउवाले उनलाई आफ्नो टिमबाट महामन्त्रीमा उम्मेदवारी दिलाए । खुमबहादुर खडका, केबि गुरुङ्ग, गोबिन्दराज जोशीले रामचन्द्र पौडेललाई छोडेर, सभापतिमा देउवालाई र महामन्त्रीमा बिपि पुत्र शशांकको पक्षमा मतदान गर्ने सहमति बनाए । देउवा निकट समुहले पनि आफ्नो टिमको महामन्त्रीलाई अन्तर्घात गरेर डा। शशांकलाई मत हालेपछि नेता केसीसंग आफनो लोकप्रिय मत बाहेक केही रहेन ।

स्वतन्त्र उम्मेदवारको हैसियतमा देखिएका नेता अर्जुननरसिंह केसीलाई महामन्त्रीमा १०१७ प्राप्त भयो ।
बौद्धिक क्षमता भएका आफ्नो टिमको महामन्त्री उम्मेदवारलाई आफैले अन्तर्घात गरेर राजनैतिक सहिद बनाए देउवाले ।

१२औ महाधिबेशनमा खुल्ला निर्वाचित ९२५०केन्द्रिय सदस्य मध्ये २३ जना केन्द्रिय सदस्यहरुको मत १ हजार देखि १ हजार ७ सयको हाराहारी मात्र थियो । सबैभन्दा बढी मत गगन थापाको २०६५ थियो भने, नेता अर्जुननरसिंह केसीले २०३१ मत ल्याएका थिए ।

अहिले सम्म चरित्रमा दाग नलागेका काङ्ग्रेस नेता मध्ये उनी पनि एक हुन् । पुर्व न्यायाधीशको संयोजकमा स्वतन्त्र समिति बनाएर , भ्रष्टाचारलाई जरैदेखि निर्मुल गर्न २०४८ साल यता लाभका पदमा बसेका सम्पुर्णको स्रोत नखुलेको सम्पत्तिको छानबिन गरौ भनेर पार्टीमा बहस चलाउन हिम्मत गर्न सक्ने नेता अर्जुननरसिंह केसी । बर्तमान स्थितिमा देशको शासन ब्यवस्था र पार्टी नेतृत्वलाई हेर्दा नेता केसिले केही महिना ट्विट गरेको यो स्टाट्स आज जोडन मन लाग्यो ।
‘भेडाले नेतृत्व गरेको सिंहको फौजलाई, सिंहले नेतृत्व गरेको भेडाको फौजले हराईदिन्छ’।