आर्थिक

एड्भेन्चर मिट्सफनः रोयल इन्फिल्डका दुई बाइकको एक हप्ते टेस्टराइड हुने

२४ असोज, काठमाडौं । रोयल इन्फिल्डका दुई बाइक हिमालयन रइन्टर सेप्टरको टेस्ट राइड प्रोग्राम ‘एड्भेन्चर मिट्सफन’हुने भएको छ । नेपालका लागि रोयलइ न्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालि ले रोयल इन्फिल्ड सोरुम बालाजुमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी आइतबारदेखि एक सातासम्म चल्ने सोटेस्टराइड विहान १० देखि बेलुकी ५ बजेसम्म गर्न सकिने छ । अवसरमा गाइडमा र्सलहरुको सहयोगमा ट्रायल ट्रयाकमा बाइक गुडाउन सकिने छ । टेस्ट राइड गर्ने राइडरहरुलाई रोयलइ न्फिल्डको तर्फबाटआकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटो मोबाइल्सले जनाएको छ ।

रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन रइन्टर सेप्टरकोराइड अनुभव लिन पाउँदा राइडरहरु निकैनै खुसी हुनेअपेक्षा गरेको कम्पनीको भनाइ छ । हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डरएयर–कुल्डएस ओएचसी इन्जिन छ । यसले२४।५ पीएस पावरर ३२ एनएमटर्क प्रदान गर्छ ।

हिमालयन साधारणर दमदार लुक भएको बाइक हो, जसको ड्यासबोर्डमा मोडर्नटचर हेको छ । स्पिडोमिटर, ट्रिपमिटर, फ्युलगेज, डायरेक्सनल कम्पसर अन्य जरुरी इन्फर्मेसन एनालगडायल र डिजिटल डिस्प्लेमा देख्न सकिन्छ । सो बाइकमा हेलो जन हेडल्याम्प उपलब्ध छ।

इन्टर सेप्टर बाइकमा ६४८ सीसी, एयरकुल्ड, एसओएचसी, फ्युलइन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बीएचपी पावरर ५२ एनएमटर्क जेनेरेट गर्छ।

बाइकमा ६ स्पिडको गियर बक्सर स्लिप असिस्टक्लच समावेश गरिएको छ । बाइकको अधिकतम गति १६३किलोमिटर प्रति घण्टा रहेको छ। सो बाइक रोयल इन्फिल्डको अहिले सम्मको सबैभन्दा तीव्र गतिको बाइक हो ।
यी दुई बाइकको मूल्य क्रमशः८ लाख ९८ हजारर १२ लाख४९ हजार रुपैयाँ छ ।

कम्पनीले सामाजिक सञ्जाल मार्फत आयोजना गरेको ‘नोयोरइन्फिल्ड’विजेताको घोषणा समेत सोही अवसरमा फेसबुकलाइ भमार्फत गर्ने बताएको छ । दसैं र तिहार लगायतका चाडपर्व नजिक आइरहेको सन्दर्भमा राइडरहरुलाई रोयल इन्फिल्डबाइकको अनुभूति प्रदान गराउनका लागि सो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।