२५ असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण एकैदिन २२ जनाको निधन भएको छ । ५ महिला र १७ पुरुषको मृत्यु भएपश्चात नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या आजसम्म ६३६ जना पुगेको छ । आजको कोरोनाका कारण भएको मृत्युदर अहिलेसम्मकै बढी हो । आजै कोरोना संक्रमितहरु दुई हजार ७१ जना थपिएका छन् । जसमा काठमाडौंमा १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मृतकमध्ये उपत्यकामा ८ जना छन् । संक्रमितमा काठमाडौं जिल्लामा ११४५ जना, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा संक्रमण पुष्टी भएको हो ।





