राजनीति

सरकारले बिदेशमा रहेका नागरिकलाई दोस्रो दर्जा रुपमा हेर्नू गलतः सहमहामन्त्री डा महत

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले सरकारले बिदेश रहेका नागरिकलाई दोस्रो दर्जा रुपमा हेर्नू गलत भएको बताएका छ। आज गैरआवासीय संघको स्थापना दिवसको अबसरमा आयोजित भुर्चुअल कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले यस्तो बताए। उनले गैर आवासीय नेपाली संघले नेपालको बिकाशमा महत्त्वपूर्ण योगदान गरेको भन्दै अझैपनी बिकाश निर्माणका कार्यमा निरन्तर सहयोग गर्नु आग्रह पनि गरे।
सहमहामन्त्री डा महतले गैर आवासी नेपाली संघले बिदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पारेको बेला सहयोग गरेको भन्दै उक्त कार्यको प्रशंसा पनि गरे। डाक्टर महतले बिश्वभर कोरोना बाट संक्रमित नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरे। उनले सरकार कोरोना नियन्त्रणमा सरकार संबेदनसिल नबनेको भन्दै अहिले त्यसको परिणाम काठमाडौंमा भयावह बन्दै गएको आरोप लगाए।