२६ असोज, काठमाडौं । सर्वसाधारणका लागि यो वर्षको दसैंमा नयाँ नोट नदिईने भएको छ । राष्ट्र बैंकले वर्षाैपछि पहिलो पटक सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा नदिने भएको हो । यसबारे आइबार औपचारिक सूचना जारीे गरी राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणका कारण नयाँ नोट सटही सुविधा बन्द गर्न लागेको जानकारी दिईएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले एक साताअघि नै आफ्नो विभागका तर्फबाट सर्वसाधारणलाई नोट सटही नदिने घोषणा गर्न गभर्नर कार्यालयलाई पत्राचार गरिसकेको बताएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार केही उच्चपदस्थलाई नोट सटहीको सुविधा दिनका लागि भए पनि यो सूचना जारी गर्न ढिलाइ भएको हुनसक्छ ।
घटस्थापनाको एक साताभन्दा पनि कम समय बाँकी रहँदा राष्ट्र बैंकले यस्तो सूचना जारी गर्ने भनेको छ । यसबाट हरेक वर्ष बजारमा प्रवाह हुने साना दरको नोटमा भने समस्या पर्नसक्ने व्यवसायीले बताएका छन् ।





