आर्थिक

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२९ असोज, काठमाडौं । आज बिहीबार, प्रभु लाइफइन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । वीमा व्यवसाय कारोबार संचालनगर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीकोसञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६को वासलात, नाफानोक्सान हिसाब, नगदप्रवाह विवरणलगायतका वित्तीय विवरणहरु समेत पारित गरेको प्रभु लाइफ इन्स्योरेन्सले बताएको छ ।