३० असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले ०४८ सालमा नेपालका बाटो बनाउन अभियान चलेको, बिजुली बाल्न, खानेपानी अभियान सुरु गरेको, स्कुल खोल्न सुरु गरेको, अस्पताल खोल्न सुरु गरेको अनुसार पछिल्लो समयमा भएका विकास भएको दाबी गरेका छन् ।
नेता पौडेलले खानेपानीमात्र नभएर करेसाबारीलाई पुग्ने पानीपनि पुग्ने बताउँदै आफ्नो साथीहरुसँग कृषिलाई सरकारी वा प्राली भन्दा पनि सामाजिक संस्थाका रुपमा व्यवस्थापन सुधार गर्ने अभियानमा लागौं भन्ने कुरा राखेको बताए । उनले नयाँ उदारबाद, प्राईभेटाईजेसन, ग्लोबलाईजेसनको कुरा प्रदीप गिरिले गरेको स्मरण गर्दै कृषि प्रसार, कृषि अनुसंधान र कृषि शिक्षा भएको बताएका छन् । उनले कृषि प्रसारलाई पञ्चायतले गरेजति पनि गर्न नसकेको स्वीकारेका छन्। उनले कृषि भनेको देशको मेरुदण्ड भएको भ्रम कतै हुन नहुने भन्दै सिँचाई पनि कृषिको महत्वपूर्ण कुरा भएको जिकिर गरे । उनले विपी कोईरालाले चतरा नहर लयाउँदै कृषिलाई महत्व दिएको भन्दै कषि महत्वपूर्ण हुँदाहुँद्यै पनि कृषिबाट मानिसहरु किन भागेका छन् ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताए । उनले कृषिमा सिचाई, मलबीउ, प्रबिधिको सुबिधा कृषकलाई दिएर जनतालाई आकर्षित गर्नुपर्ने बताए । उनले कृषि बिश्वबिद्यालय अध्ययन गर्ने बिद्यार्थीहरुलाई अध्ययन अनुसंधान गर्न आग्रह गर्दै ज्ञान र कृषि कर्मलाई जोड्न आग्रह गरेका छन् । उनले उत्पादनका कारण जीवन सुरक्षीत नभएको भन्दै अर्गानिक उत्पादन गर्र्दै निरोगी हुने वातावरण बनाउनुपर्ने बताए । नेता पौडेलले कृषि र पशुलाई संगसँगै अगाडी लानुपर्ने भन्दै राजनीति र कर्मचारीमा कृषिको बारेमा सामान्य अध्ययन नभएका भुईफुट्टा भएका कारण समस्या आएको बताए ।
विद्यमान कृषि नितिको समिक्षा, अबको कृषि र कृषकको भविष्य, कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नु पर्ने विषयमा ‘नेपाली कांग्रेसको कृषि रणनीति तथा दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् । काँग्रेसले आफ्नो सरकारका समयमा कृषिमा ब्यवशायीकरण गरेको दाबी गर्दै झापादेखी राजापुरसम्म बासमती चामलको बीउ ल्याएर काम गरेको भन्दै आज अरबौंको खाद्यान्न आयात गर्नुपर्ने दुर्भाग्य भएको बताए । शहरमा निस्सासिएको भन्दै गाउँमा कुन भूमिमा कस्तो आम्दानी हुन्छ अध्ययन गर्दै राज्यले खमिनको उपयोग गनुपर्ने समय ढिला भएको बताए । उनले गाउँमा स्वच्छ र राम्रो हावापानी भएको भन्दै आफु काठमाडौंको गाउँमा बसेको भन्दै आफ्नो गाउँमा बसेका कारण १० बर्ष आफू लम्बिएको दाबी गरे । कृषि क्रान्तिको बिकल्प नभएको भन्दै वैज्ञानिक रुपमा अगाडी बढ्नुपर्ने बताए । बस्ती सुधार ग्रामीण विकासको मुख्य कुरा भएको भन्दै दीगो विकास, नेपालमा रोृजगारी श्रृजनाको लागि कृषि क्रान्तीको जरुरी भएको बताए ।
बरिष्ठ नेता पौडेलले नेकपा नेतृत्वको सरकार काण्डै काण्डमा फसेको भन्दै पैसावाला गाउँमा पैसा बाँडेर चुनाव जित्ने प्रबृतिको विकास भएको बताए । उनले पैसाले चुनाव जित्ने, राज्यसत्ता टिकाउन पैसा प्रयोग गर्ने र पछि चुनावलाई पौसा जम्मा गर्ने प्रबृतिको विकास भएको बताए । उनले सरकारले झापादेखी ईनरुवासम्मको रेल लयाउन सरकारको योजनाको कुरा जोड्दै सरकार कृषि क्रान्ती भन्दा रेल र पानी जहाजका हावादारी कुरामा ब्यस्त भएको बताए । नेपालकोजस्तो प्रकृतिक बिशेषता युरोपमा पनि नभएको भन्दै यस्ता कुराहरुको परिकल्पना गरी मुलुक अगाडी बढाउनुपर्ने दाबी गरे ।





