१ कात्तिक, काठमाडौं । नेपली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् । नागार्जुन नगरपालिकाले सिउजाटारमा निरमाण गरेको ओपन फिटनेस पार्क को उद्घाटन गर्दै शनिबार उनले सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको बताएका छन् ।
हुम्लामा नेपाली भूमि चिनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन् ।
‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ । यो दुर्भाग्य हो’ उनले भने ।
त्यस्तै उनले अहिले बर्बमान केपी शर्मँ ओली सरकारको समयमा ठुला ठुला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको पनि माग गरे । जतिसुकै ठुलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिएका छन् ।
नेता सिंहले करिब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए । सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहकोभनाई थियो । उनले दिनानुदिन बलात्कार महिला हिम्साका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए । जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनः स्युचाटारबाटै संकल्प गर्नुपर्ने भन्दै अब कांग्रेस हाक्न र मुलुकलाई कुसल नेत्त्रित्वदिन आगामि महाधिवेशन बाट प्रकाश मान सिँहलाई सभापति बनाउनु पर्ने बताएका छन् । कार्यक्रम स्वास्थ्य मापदण्डअनुसार सम्पन्न गरिएको थियो।





