राजनीति

अध्यक्ष बस्नेतको प्रश्नः रोग/भोक/अभाबमा जनताको साथमा नहुने ओली सरकार आवश्यक छ र ?

५ कात्तिक, काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्षजितजंगबस्नेतले रोग, भोक र अभाबमा जनताको साथमा नहुने ओली सरकार आवश्यक छ र ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, नेपालमा कोरोना भाईरसको संक्रमण सुरु भए देखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्बबिदितै तर सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ । यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ ।
अथ्यक्ष बस्नेतले टिप्पणी गरेका छन्, यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ । सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ ।
उनले आक्रोशित हुँदै विज्ञप्तीमा भने, आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निस्शुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ । अन्त्यमा फेरी पनि प्रश्न गर्न चाहान्छौ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र ?