आर्थिक

बडा दशैंमा BOK Smart बाट डिजिटल दक्षिणामा ३०० सम्मको नगद उपहार

५ कात्तिक, काठमाडौं । नेपालीहरुको आउदै गरेको महान चाड बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको बडा दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध गरेकाे छ ।  बैंकले बडा दशैंमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो ।
ब्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले यस बैंक अफ काठमाण्डू लिमिटेडले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो । साथै, चाडपर्वलाई हर्षउल्लासको साथ मनाउन बैंकको ग्राहकहरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार वा सो भन्दा बढि भएमा तीन सय नगद उपहार लागि ग्राहकहरु योग्य हुनेछन् । जसको कारणले विश्वमा नै फैलिरहेको कारोना भाइरस रोकथामको लागि सहयोग पुग्नुको साथै चाडबाडलाई कारोना भाईरस संक्रमणको बाहक हुन नदिनको ग्राहकहरुलाई दक्षिणा दिदा यस बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी नगद उपहारबाट लाभान्वित हुन अनुरोध गरेको छ । साथै, यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले निम्न लिखित शर्तहरुको पालना गर्नुपर्ने छ ।
ग्राहकहरुले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, ग्राहकहरुले रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ती फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले ३ कारोबार गर्दा एक हजार वा सो भन्दा बढी हुनुपर्नेछ, ग्राहकहरुले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको FonePayमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ, ग्राहकहरुले दक्षिणा कारोबारको विबरणमा “DAKSHINA” राख्नु पर्नेछ, यो योजनामा सहभागी हुन ग्राहकहरुले नेपालीहरुको महान चाड विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।