आर्थिक

नबिल बैंकका नवनियुक्त अध्यक्ष पौडेलले गरे शपथ ग्रहण

५ कात्तिक, काठमाडौं । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । । नवनियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल यही आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।