१० कात्तिक, मङगलबारे। इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्केका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए। घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
–––





