गण्डकी प्रदेश

युवाले पु¥याउँछन् पीडितको घरघरमै उपचार खर्च

११ कात्तिक,बलेवा । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुन् । लामो समयदेखि उपचार गराईरहेका उनीलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनीलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरीरहेकासापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका आफ्ना सदस्यले संकलनग रेर पठाएको रकममध्ये रु २५ हजार सापकोटाको उपचारका लागि उपलब्ध गराएको हो ।

जैमिनी– ५ बिनामारेका श्रवण सुनुवार मिर्गौलारो–ग पीडित हुन् । उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार चलिरहेको छ । आर्थिकावस्था कमजोर भएका उनलाई पनि समूहले रु २५ हजार सहयोग गरेको छ । जैमिनी –७ जैदीकी कोपिला शर्मा पनि दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत हुन् । उनको समेत आर्थिक अवस्था कमजोर रहेकाले समूहले रु २५ हजार उपचार खर्च सहयोग गरेको समूहका अध्यक्ष छायादत्त चापागाईंले जानकारी दिए ।
समूहले विपत् व्यवस्थापन अभियान नै चलाएको छ । अप्ठेरामा परेकालाई आर्थिक र भौतिक दुवै सहयोग गर्ने ध्येयले अभियान सञ्चालन गरिएको चापागाईँले बताए । जैमिनी ६ अर्जेवाका अशक्त लालबहादुर नेपाली र बिनामारेका टुहुरा बालकलाई खाद्यान्न तथा नगदसमेत समूहले उपलब्ध गराएको छ ।
‘जैमिनीका देशविदेशमा रहेका युवाको समूह बनाएर सामाजिक सेवाको अभियान चलाइरहेका छौंँ’ चापागाईंँले भने, ‘विदेशमा साथीहरु खाजा खर्च कटाएर जम्मा गर्नुहुन्छ, यहाँ हामी स्वयंसेवी भावले सहयोग गर्छौँ ।’
समूहले विदेश विभागसमेत बनाएको छ । एउटै समूहका सदस्य गाउँ र विदेशमा रहँदा सहयोगका लागि संकलित रकमको सदुपयोग हुने र आफ्नै उपस्थितिमा सहयोग गरेको अनुभूति हुने गरेको बेलायतमा रहेका समूहका सदस्य रत्नबहादुर क्षत्रीले बताए । बाढीपहिरोजस्ता विपत्तिमा परेका, प्राणघातक रोगग्रस्त र अतिविपन्नलाई समूहले सहयोग गर्दै आएको छ ।