१३ कात्तिक, काठमाडौं । न्यूज २४ को चर्चित कार्यक्रम सीधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्नी एबम् गाेपीकृष्ण सिनेमाकी अध्यक्ष निकिता पौडेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिकम सञ्जाल फेसबुकमा पोष्ट गर्दै कोरोना देखिएको लामिछानेले पुष्टी गरेका छन् । रविले भनेका छन्, ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ।’ उनले थपेका छन्, ‘घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’
कोरोना लागेपछि रविको स्टाटस्ः गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।






