१६ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नाभिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहनगर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता भएका व्यवसायिक संस्थाहरु निम्नानुुसार रहेका छन् ।
क्र.स. नाम ठेगाना सेवा विशेष छुट प्रतिशत
१ ब्लुक्रस अस्पताल त्रिपुरेश्वर अस्पताल तथा स्वास्थ्य सेवा १० प्रतिशत सम्म
२ धुलिखेल माउण्टेन रिर्सोट धुलिखेल होटल तथा रिर्सोट १० प्रतिशत
३ स्तुपा रिर्सोट नगरकोट होटलतथा रिर्सोट १५ प्रतिशत
४ जम्बाला रिर्सोट खोटाङ्ग होटल तथा रिर्सोट १५ प्रतिशत
५ ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन होटल, रिर्सोट तथा स्पा १५ %सम्म
६ ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्ट १५ प्रतिशत
७ देव कर्नर ज्वेलरी काठमाडौं गरगहना सम्बन्धी सेवा ३० प्रतिशत सम्म
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १०प्रतिशत – ३० प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नेछन् ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड-१९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA Networkअन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।





