राजनीति

प्रचण्डलाई प्रधानमन्त्रीले धम्की दिँदै भने ‘तपाई जस्तो कदम चाल्नुहुन्छ त्यो भन्दा ठूलो कदम म चाल्छु’

१६ कात्तिक, काठमाडौं । नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का नेकपा अध्यक्ष पुष्पकमल दहाललाई पार्टीमा आफूले कुनै पनि बैठकको निर्णय नमान्ने बताएका छन् । बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुलाई खुमलटारस्थीत निवासमा बोलाएर नेकपा फुट्नसक्ने भनेको भन्दै आक्रोश पोखेका छन् । अध्यक्ष दहाललाई बालुवाटारस्थीत प्रधानमन्त्री निवासमा आफूले सचिवालयको बैठक नमान्ने, पार्टीका कुनैपनि प्रकारका बैठकका निर्णय आफूले नमान्ने र अध्यक्ष दहालले कुनै कदम चालेमा त्यो भन्दा ठूलो कदम आफूले चाल्ने भनेको निवासमा डाकेका नेकपाका उच्च नेताहरुलाई बताएको नेपाली मिडियाहरुले दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहालबीचको लकडाउनको छेउछाउदेखीको बिबाद बिचमा मिलेको देखिएपनि प्रधानमन्त्री र अध्यक्ष दहालबीचको बिबाद पुनः ठूलै रुपमा अगाडी बढ्ने पछिल्ला नेकपाका राजनीतिक घटनाक्रमले देखाउन थालेका छन् । नेकपामा एक ब्यक्ती एक पदको नारा देखिएको भएपनि पछिल्लो समय नेकपाको सचिवालयमा स्पष्ट बहुमत भएका प्रधानमन्त्रीले तुहँईदिन सफल भएका थिए । पालैपालो प्रधानमन्त्ती हुने भनेर गरेको अध्यक्ष दहाल र अध्यक्ष ओलीबीचको सहमती पनि प्रधानमन्त्रीले तुहाईदिए । अब प्रधानमन्त्रीले बिभिन्न समयमा बैठक बोलाउने तर आफैं बैठकमा उपस्थित नहुने गरे भने बिभिन्न बैठकहरु सारेको सरै गरेर लम्ब्याईदिए । राजनीतिक रुपमा उकुशमुकुश भएका नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दहालले अब कस्तो कदम चाल्छन् त्यो हेर्न बाँकी भएपनि अबका दिनमा नेकपा फुट्ने भने निश्चित देखिएको चिया पसलमा राजनीतिका ठूला ठूला गफ गर्ने बिद्वानहरुलेसमेत भविश्यबाणी गर्न थालेका छन् । नेकपा एकीकरणदेखी नै दुई अध्यक्षहरु मिलेपनि पछिल्लो समयमा बाधयात्मक रुपकाबाहेक दुई अध्यक्षका भेट नभएको नेकपा निकट ब्यक्तीहरुले खुलेआम बताउन थालेका छन् ।