आर्थिक

कुशल व्यवस्थापक सिईओ अधिकारी बेष्ट फाईनान्सबाट बाहिरिए

१९ कात्तिक, काठमाडौं । बेष्ट फाईनान्सका सिईओको रुपमा काम गरिरहेका तोयाराज अधिकारीले उक्र जिम्मेवारी छाडेका छन् । झण्डै २० बर्षको बैंकिगं अनुभव भएका कुशल ब्यवस्थापक अधिकारीले बेष्ट फाईनान्समा झण्डै अढाई बर्षदेखी आबद्ध थिए । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका बैंकर अधिकारी माछापुच्छ्रे बैंकबाट बैंकिगं क्षेत्रमा प्रवेश गरेर कामना विकास बैंक, कास्की फाईनान्सको प्रमुख कार्यकारी अधिकृतसम्म बन्न सफल भएका थिए । कात्तिक १७ गतेदेखी बेष्टबाट बिदा लिएका अधिकारी बैंकिंग क्षेत्रका कुशल ब्यवस्थापकको रुपमा गनिन्छन् ।