२० कात्तिक, काठमाडौँ । सैनिक श्रीमती सङ्घ नेपालका अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी सङ्घ भारतका अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो । सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गर्नुभएको नेपाली सेनाले जनाएको छ ।





