प्रदेश 1

प्रदेश साँसद चन्द्र श्रेष्ठलाई पत्नीसहित कोरोना संक्रमण पुष्टी

२१ कात्तिक, काठमाडौं । नेपाली काँग्रेस क्षेत्र नम्बर १ सुनसरीकाका पुर्व क्षेत्रीय सभापति तथा प्रदेश साँसद चन्द्र प्रसाद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ । श्रीमतीसहितलाई कोरोना संक्रमण पुष्टी भएपछि श्रेष्ठ आइसोलेशनमा बसेका छन् । पुराना काँग्रेस नेता श्रेष्ठलाई स्वास्थ्यमा धेरै ठूलो समस्या भने नभएको पारिवारिक स्रोतले पुष्टी गरेको छ । यसभन्दा अगाडी सुनसरी काँग्रेस सभापति राजीव कोईराला, सचिव केदार भण्डारी, वुर्व उपसभापति बिनोद राई लगायत दर्जनौ सुनसरीका नेतालाई कोरोना संक्रमण पुष्टी भईसकेको छ । पुर्व जिल्ला सभापति तथा पुर्व साँसद हरिनाथ बास्तोला, केन्द्रीय सदस्य तथा साँसद मीन बिस्वकर्मा, नेविसंघ अध्यक्ष राजीव ढुंगानालगायतलाई कोरोना पुष्टी भएको छ भने कतिपयले कोरोना जितेका छन् ।