आर्थिक

महालक्ष्मी विकास बैंक र एस. आर. एल. डायगनोस्टिक बिच सम्झौता

२५ कात्तिक, काठमाडाैँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग आइतबार एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंककातर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीकाे तर्फबाट नायबबजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि.माउपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्तगर्न सक्नेछन् ।सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवाप्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।