आर्थिक

मुक्तिनाथविकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

२६ कात्तिक, काठमाडौँ । मुक्तिनाथविकास बैंक लि.ले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु(KFW) डेभलपमेन्ट बैंक सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना“ गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा दिर्घकालीनआर्थिक विकास–एम.एस.एम.इ वित्त चरण@(Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II) नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तियविकास निगम द्धारा सञ्चालनमा रहेको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. श्री प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामाअहमभुमिकारहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतःसुदुर पश्चिमप्रदेश, कर्णालीप्रदेश र लुम्बिनीप्रदेश अन्र्तगत गा्रमीण तथाअर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।

परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्ततथा तरलता सुविधा (कर्जा सुविधा २ लाख देखी ४० लाख सम्म) प्रदानगर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट दिगो तथा समता मुलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।

विकास बैंकहरु मध्ये अग्र पंक्तीमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखाकार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।