२७ कात्तिक, बिराटनगर । नेपाली काँग्रेस सुनसरी जिल्ला कार्यसमिति सदस्य एबम् प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईरालाले कोरोना संक्रमण जितेका छन् । कात्तिक २ गते कोरोना संक्रमण पुष्टी भएपछि आईसोलेशनमा बसेका सभापति कोईरालाले आज आफूलाई कोरोना नेगेटिभ आएको जानकारी दिएका छन् । अहोरात्र प्रदेश नम्बर १ मा प्रतिपक्षको शसक्त भूमिकामा रहेका तथा सुनसरी जिल्लामा नेपाली काँग्रेसले गर्ने कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सकृय रहेका कोईरलासहित सचिव केदार भण्डारीमासमेत कोरोना संग्रमण पुष्टी भएको थियो । सभापति कोईरालाले स्वास्थ्य लाभको कामना गर्ने र उपचारमा संलग्न चिकित्शक सबैलाई धन्यबाद दिएका छन् । सभापति कोईरालाको बुधबार रिपोर्ट नेगेटिभ आएको थियो ।





