पु.समाचार

राप्रपाको चुनाव चिन्ह गाई हटाएको पीँडासहित लक्ष्मीपुजाको दिन अध्यक्ष थापा भए भावुक

३० कात्तिक, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आफूले चुनाव चिन्ह गाई राख्न नसक्नु आफ्नो गल्ती भएको बताएका छन् । आज लक्ष्मी पुजाका दिन गाईको पुजा गर्दै केही महिना अगाडीमात्र तीनवटा पार्टीलाई एक बनाउँदा गाई चुनाव चिन्ह राख्ने प्रयासमा आफू असफल भएको बताएका छन् । आफूलाई गाई निर्बाचन चिन्ह हुँदा पीँडा भएको भन्दै उनले भावह्वील हुँदै पीँडा सामाजिज सञ्जालमा पोखेका छन् ।
अध्यक्ष थापाको ट्वीटः आज गाई पुजा गर्दा भाव विह्वल भएं।
पार्टी एकताको नाममा राप्रपाको लोकप्रिय र सर्वाधिक उपयुक्त चुनाव चिन्ह ‘गाई’ गुमाउनु पर्दाको पिडा फेरि एकपटक वोध भयो। हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीकोलागि ‘गाई’ चिन्ह ठीक हुन्छ भनेर पशुपतिजी र प्रकाशजीलाई सहमत गराउन नसक्नु मेरै कमजोरी हो।