लुम्बिनी

उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

३० कात्तिक, तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ । क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।
पुनः नियुक्ति दिने विषयमा प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वामपन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए । क्याम्पसमा कूल १० जना सञ्चालक समितिमा छन् ।