९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ ।
स्थानियले प्रहरीलाई पशुचौपाया सहि दुई जनाको मृत्यु भएको खबर गरेका थिए ।
पहिरोको खबर पाए पछि खटिएको प्रहरीले १ जनालाई घाईते अबस्थामा उद्धार गरेको छ । घटनास्थल पुगेका सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले घटनाको पुष्टी गर्दै दुई जनाको मृत्यु बताए ।
उनले थप एक जना घाईते भएको र केही पशु चौपाया मरेको समेत जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





