अन्तर्राष्ट्रिय

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित

१२ मंसिर, एजेन्सी । बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएको निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।

“काबोरले मतदानको पहिलो चरणमै ५७।८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ,” स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।

उनिसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो हुनुभएको छ भने अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् ।