बाग्मती

कोरोना संक्रमणका कारण चितवनमा आज दुईको मृत्यु

१२ मंसिर, चितवन । कोरोना संक्रमणका कारण चितवनमा एकैदिन दुई जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिकाका ७७ वर्षीय पुरुष र मकवानपुर जिल्लास्थित हेटौँडा उप–महानगरपालिका वडा नम्बर १० की ५७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

७७ वर्षीय पुरुषलाई गत मंसिर तीन गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा ज्वोरो, खोकी र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै कोरोना संक्रमण पुष्टि भएपछि हेटौडाकी महिलालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको थियो । उनमा पनि ज्वोरो, खोकी र स्वाशप्रश्वासको समस्याको समस्या थियो ।