२१ मंसिर, हेटौंडा । अमुल्य कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश उपाध्यायको सभापतित्व तथा नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य तथा पुर्ब जलस्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा नबौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पदाधिकारी तथा सदस्यहरुको आतिथ्य रहेको उक्त कार्यक्रममा संस्थाका सदस्य हरु, सेयर सदस्य लगायत शुभ चिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियोे । प्रमुख अतिथि महालक्ष्मी डिना उपाध्यायले गाउँ गाउँमा सहकारी पुर्याउने योजना नेपालमा सर्ब प्रथम नेपाली काङ्ग्रेसले ल्यायको र आफू सहकारीको बिकासमा प्रतिबद्ध हुँदै यस्को माध्यमबाट ग्रामिण भेगमा आर्थिक समृद्धि पुर्याउन सदैब लागि परिरहने बताईन् । कार्यक्रममा सहकारीका अध्यक्ष दिनेश उपाध्यायले सँस्थाको बार्सिक प्रतिबेदन प्रस्तुत गर्दै सँस्था को आगामी कार्ययोजना प्रकाश पारेका थिए। त्यस्तै नेपाली काङ्ग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरीले सहकारीको माध्यमबाट मात्रै गाउँ बस्तीका जनताको आर्थिक समृद्धि सम्भब भइ जीवनस्थर माथी उठ्ने र बिकास निर्माण समेत हुने हुनाले सहकारीको पुर्ण सफलता शुभकामना व्यक्त गरे । संस्थाका सचिवले कार्यप्रगती बिबरण र कोषाध्यक्षले संस्थाको आर्थिक प्रतिबेदन प्रेश गर्दै साधारण सभाले गति लिएको थियो ।
स्थानीय सेयर सदस्यहरुलगायत मान्यगन्यहरुले सहकारी संस्थालाई सफल रुपमा संचालन गरेको भन्दै संचालकहरुले निकै नै मेहेनत गरेर सहकारी सदस्यहरुको भलाईका लागि लागेको भन्दै प्रशंसा गरेका थिए । गाउँ गाउँमा सहकारी घर घरमा भकारी भन्ने नेपाली काँग्रेसको ०४७ सालको सरकारको नाराले देशभर सहकारीबाट नेपाली जनता निकै नै लाभान्वित भएको वक्ताहरुले बताएका थिए ।