काठमाण्डौं २७ मंसिर । पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन । उनि राम्रो संगीतकार हुन । राम्रो गायक हुन । राम्रो फिल्म मेकर हुन । शब्द रचनामा पनि उत्तिकै प्रखर छन ।
त्यो भन्दा पनि नेपाली लोक संस्कृतिको संरक्षक र कलाकारका आदरणीय अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्छन ।
विश्वव्यापी कोभिड १९ ले परदेशी २ फिल्मको शुटिंग रोकिए सँगै पुराना आफ्ना शृजनाहरुलाई लाईभ रेकर्डिङ मार्फत स्रष्टामाझ पस्किरहेका रायमाझीले यतिबेला निकै लोकप्रिय धेरै नेपालीको मन जित्न सफल राम्दी पुलु बोलको गित पुनस् रेकर्डिंग गरेर सार्वजनिक गरेका छन् ।
रायमाझीका गित प्राय कालजयी छन् । उनका हरेक गितले नेपालको लोक परिवेश बोलेको हुन्छ । माटो र भोगाईका गित हुन्छन । आज साठ्ठी लाख बढी नेपाली आफ्नो रोजीरोटीको लागी परदेशमा मजदुरी गर्न विवश छन् । गीतले तिनै नेपालीको पिडा बोलेको छ । राम्दी पुल तरने बित्तिकै बाँचे भेट मरे त यत्तिकैु यो गितका हरेक शब्द मुटुमा बिझाउने खालका छन् ।
राम्दी पुल स्रोताको मनमा राज गरिसकेको गित हो । कल्याण शेरचनले लय दिएको गितमा पुरानी चर्चित गायिका शर्मिला गुरुङ र नारायण रायमाझीले स्वर दिएका छन् । गितको रचना कल्याण शेरचन र स्वयं रायमाझीले गरेका हुन् ।
गितको मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका हुन् भने कलाकारहरु उदिराम खड्का रत्न बिक, धर्म गन्धर्व, विवेक खड्का र बिरमा खड्काको भूमिका रहेको गितको छायांकन मिराज अर्यालले गरेका हुन् । निकै मर्मस्पर्शी उक्त गितको पुरा यहाँ ।
भिडियो हेर्नुस





