पु.समाचार

अन्ततः चौतर्फि बिरोधपछि अध्यादेश फिर्ता लिन सहमत भए ओली

१ म)सिर, काठमाडौं । चौतर्फि आलोचनापछि प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सहमत भएका छन् । हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब ३ घण्टा लामो छलफलपछि ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । थप विवरण आउन बाँकी छ ।