आर्थिक

अनुभवी बैंकर बने ४ बर्षका लागि बेष्ट फाईनान्सको सिईओ

२ पौष, काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । संचालक समितिको बैठकद्वारा शसर्त नियुक्त भण्डारीले आगामी ४ बर्षका लागि काम गर्नेछन् । काष्ठमण्डप डेभेलोपमेन्ट बैकलगायत धेरै संस्थाहरु मर्ज गराईसकेका नवनियुक्त भण्डारीलाई बेष्ट फाईनान्सले मर्ज गराउने र खराव कर्जाको प्रतिशत घटाउने लगायतका नयाँ शर्तहरु राखेको फाईनान्स स्रोतको दाबी छ ।
एभ्रेष्ट बैंक, नविल बैंक, इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, बंगालादेश फाईनान्स, कुमारी बैंक लगायत धेरै प्रतिष्ठीत बैंकिगं संस्थाहरुमा काम गरेको अनुभव छ । गैरआवाशीय नेपालीहरुकोसमेत लगानी भएको बेष्ट फाईनान्स केही अगाडीमात्र दुई फाईनान्सबीच मर्ज भएको नयाँ फाइनान्ससमेत हो । केही अगाडीमात्र तोयाराज अधिकारी बेष्ट फाईनान्सको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए ।