७ पुष, काठमाडौं । महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ । धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए । तिनीहरू स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्दछ र उनीहरूसँग स्कुल आउँन—जानका लागि साधन छैन र उनीहरू एउटा किन्न सक्ने क्षमता पनि छैन । जोन्टा क्लब काठमाडौंले कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई श्री जनता मा.वि., कजरा, रमौल परिसरमा आज साइकल वितरण गरेको छ । साइकल प्राप्त गर्ने विद्यालयहरुः श्री मिथिला बेसिक स्कूल—कचुरी, श्री जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र श्री जा. रा. मा. वि. स्कूल— पूरनदाहा रहेका छन् ।
यस कार्यक्रमका प्रमुख अतिथिहरूः
१. अनिल कुमार यादव, मिथिलाबिहारी नगरपालिका, तारापट्टी, धनुषाका मेयर
२. वीरेन्द्रलाल कर्ण, प्रमुख प्रशासकिय अधिकृत
३. महादेव यादव, कजरा रमौलका वार्ड अध्यक्ष
४. राम जीवन दाहा, प्रधानध्यापक, जनता मा. वि., कजरा रमौल
यो पहल मार्फत, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भन्नुभयो, “यी साइकलहरुले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्नेछ । तिनीहरूले स्कूल टाँढा भएको कारणले पठनपाठन छोड्नु पर्ने छैन । हामी सबै बालिकाहरूले शिक्षामा समान अवसर पाएको हेर्न चाहन्छौं ।”
जोन्टा क्लब काठमाडौं जोन्टा इनटरनेशनलको छाता अन्तर्गत सन् २०१२ मा स्थापना भएको हो । यो काठमाडौंमा कानुनी रूपमा दर्ता गरिएको गैर—सरकारी संस्था हो जसले आर्थिक, शिक्षा, स्वास्थ्य सुधारको उद्देश्यका साथ युवाहरु सम्बिन्धित मुद्दाहरू तथा महिला विरुद्ध हुने हिंसामा राष्ट्रिय र स्थानीय स्तरमा सेवा र वकालतमार्फत महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । नेपाल ६४औं देश हो जुन आधिकारिक रूपमा चार्टर्ड छ । हाम्रो क्लबमा विविध पृष्ठभूमिका ५२ सदस्यहरू छन् जो सामाजिक अभियान्ताहरू, बैंकरहरू, उद्यमीहरू, डाक्टरहरू, वकिलहरू, आर्किटेक्टहरू, व्यवसायिक नेताहरू र पेशेवरहरू हुन् । हामी आफ्ना कार्यक्रमहरू व्यक्ति र संगठनहरूको योगदान मार्फत कोष कार्यक्रमहरू सञ्चालन गरेर कार्यान्वयन गर्दछौं ।