१० पुष, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै आज ४५ जना सांसदको हस्ताक्षर सहित अविस्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको हो ।
मुख्यमन्त्रीको कारण कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै अविश्वास प्रस्ताव दर्ता गर्दै तीन मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा पनि दिएका छन् ।
बागमती प्रदेशमा १ सय १० जना सांसद छन् ति मध्य ८० जना मात्रै सत्तारुढ नेकपाका हुन् । सत्तारुढ नेकपामा पछिल्लो समय ओली पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा टुक्रियपछि मुख्यमन्त्री पौडेल अल्पमतमा परेका थिए ।