१४ पुस, काठमाडौँ । विभिन्न वित्तीय प्रविधिमा आधारित नवीनतम प्रयोगहरू भित्र्याउदै डिजिटल बैंकिङ्ग कारोबारलाई उच्च प्रथामिकता दिँदै आएको यस एन आई सी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट (-Vice President ) म्याजिक टाङ (Magic Tang) ज्यूले हस्ताक्षर गरेका थिए।
यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका त्तच् कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहनुहुने मर्चेन्टहरूका लागि बैंकको वेबसाइटnicasiabank.com मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहकहरूमाझ सहज एवं सबल बैंकिङ्ग सुविधाको लागि हालसम्म देशभर १५ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरिसकेको छ । देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले विश्वास लिएको छ ।
हाल कोरोना महामारीका कारण पर्यटक आवतजावत निकै कम रहेपनि वर्षेनी चीनबाट ठूलो संख्यामा पर्यटक घुम्न आउने गरेको सरकारी तथ्याङ्क रहेको छ । यसरी नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नुहुनेछ । चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रकृयामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।
‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङ्गका योजनाहरूका साथ आम जनमानसमाझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । सोही रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस वीच्याट–पे मोबाइल वालेट सेवामार्फत संस्थागत ग्राहक महानुभावहरूले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न सक्नुहुनेछ । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारकोDigital Nepal Framework अभियानलाई योगदान पु¥याई मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन यो साझेदारी सहयोगी बन्नेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।





