१४ पुस, काठमाडौँ । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अलफर्दानएक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको“दशैं तिहार बम्पर धमाका”अन्तर्गत दिपक राम टमाटाले २ लाख जित्न सफल भएका छन् । सो योजनाअन्तर्गत दुबईको अलफर्दानएक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी , ४ जनाले माईक्रोवेभ ओभन , ४ जनाले ब्लेन्डर , ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखिसंसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।





