प्रदेश 1

आरक्षबाट निस्केको हात्तीको आक्रमणबाट एकको मृत्यु

१४ पुस, इनरुवा / सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए।
दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन् । केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो । आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले मागसमेत गरेका छन् । माकुना हात्तीले अहिलेसम्ममा यो सहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।