बाग्मती

समाजलाई मर्यादित बनाउन स्काउटको भूमिका महत्वपूर्ण: मुख्यमन्त्री पौडेल

१७ पुस, वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
हेटौँडामा आज भएको प्रदेशको नवनियुक्त स्काउट तदर्थ समितिको संयोजक तथा सदस्यको दीक्षान्त एवं सपथ ग्रहण कार्यक्रममा उनले समाजमा रहेको विकृति हटाउन स्काउट अग्रसर हुनेपर्ने कुरामा जोड दिए । उनले स्काउटले बालबालिकालाई राष्ट्रप्रेमी, शुसंस्कृत र अनुशासित बनाउने उल्लेख गरे ।
प्रदेशसभा सदस्य दीपक निरौलाले स्काउटले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा आफ्नो साथ रहेको जाकारी दिए । प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना दिँदै समाज र राष्ट्र निमार्णमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका संरचना विद्यालय तहसम्म लैजान नवगठित तदर्थ समितिलाई आग्रह गरे। नेपाल स्काउटले सामाजिक विकृति हटाउन भूमिका खेल्दै तथा राज्यलाई सङ्कट परेको समयमा सघाउँदै आएको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै सङ्गठनको भूमिकालाई सशक्त पार्ने उनको भनाइ थियो ।
प्रदेशका नवनियुक्त स्काउट संयोजक केशरत्न बज्रचार्यले स्काउटलाई विद्यालय तहसम्म पु¥याउने र विभिन्न सामाजिक कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।