२१ पौष, काठमाडौं । सामूहिक युवा प्रयास बहुउद्येशीय सहकारी संस्थाको साधारण सभा समपन्न भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्र राई, उपाध्यक्षमा प्रकाश राई, सचिवमा अमृता लिम्बू, कोषाध्यक्षमा अजित राई तथा सदस्यहरुमा सुनिल लामा, रोषन राई, सुदेश राई रहेका छन् । लेखा समितिमा भावना तामागंको संयोजकत्वमा रेजिना राई र संगीता महर्जन निर्बाचित भएका छन् ।
काठमाडौंको गल्फुटास्स्थीत न्यू टरेवा रेष्टुरेन्ट एण्ड नेपाली भान्सा घरमा सम्पन्न तेस्रो साधारण सभाबाट उक्त समिति सर्बसम्मत निर्बाचत भएको हो । नबनिर्बाचित अध्यक्ष सुरेन्द्र राईका अनुसार दुई सय जना सदस्यहरुको उपस्थिति थियो । बहुृद्येश्य सहकारी महासंघका काठमाडौं जिल्ला अध्यक्ष तथा केन्द्रीय बहुउद्येश्य महासंघका महासचिव मनोज थापाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उमा राई, महेश खवास, राम महर्जन, जिनत राईलगायत उद्योगी, ब्यवशायी तथा प्रतिष्ठीत व्यक्तीहरुको उपस्थिति थियो । कार्यक्रम सहकारीका पुर्व अध्यक्ष सुरज शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा ०७६/७७ को प्रतिबेदन तथा आगामाी ०७७/७८ को कार्यक्रमको बारेमा प्रकाश परिएको थियो । एक करोड सेयर पुजी रहेको र आगामी आर्थिक बर्षभित्र ५ करोड बनाउने लक्ष रहेको नव निर्बाचित अध्यक्ष राईले बताए।